ब्युटी न्युज नेपाल
काठमाडौंँ, १ भदौ
यो सिजनमा ‘मिष्टर नेपाल २०२५’को उपाधिका लागि ३० युवा भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले देशका इटहरी, जनकपुर, हेटौडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगञ्ज काठमाडांै सहित डिजिटल अडिसनबाट फाइनल प्रतियोगीताका लागि ३० प्रतियोगी छानिएको जानकारी दिएको हो ।
छानिएका प्रतियोगीमा कृष्ण कसुधम नेपालगन्ज, इन्द्र ढुंगेल महेन्द्रनगर, रेजो नकुमार गौतम धनगढी, सन्देश गजुरेल नुवाकोट, निशान्त बुढायर कञ्चनपुर, कुशग्र गुप्ता नेपालगञ्ज, सत्यम पाठक काठमाडौं, निश्चल मानन्धर हेटौंडा, अजय रौनियार दुहबी सुनसरी, विजय स्याङ्तान मकवानपुर, अशिम बस्नेत, गिरीश रत्न शाक्य भद्रपुर झापा, प्रणिप श्रेष्ठ काठमाडौं, अजय रिजाल धगढी, सक्रिया घिसिङ तामाङ काठमाडौं, सन्दीप भारती काठमाडौं, एञ्जल गिरी धरान, आशिष गिरी अमेरिका, अष्टिन शेरचन ललितपुर, दर्पण सिंह गिरी पोखरा, दिनेश गुरुङ स्याङ्जा, हिमाञ्चल राज केसी ललितपुर, निशान कार्की विराटनगर, सबल कटुवाल कटारी, उदयपुर, विशनजंग निरौला इटहरी, सुजल उपाध्याय भैरहवा, प्रकाश चौहान मोरङ, निशान्त केसी सुर्खेत, लक्ष्मणचन्द ठकुरी बैतडी र प्रभात थापा क्षेत्री नेपालगन्जका रहेका छन् ।
सबै प्रतियोगी अब फाइनलका लागि अन्तिम तयारी कक्षामा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षण जुट्नेछन् । प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
देशैभरि छरिएर रहेका युवा प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगितामा ‘मिष्टर वल्र्ड नेपाल’, ‘मिष्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वल्र्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ । विजेताले ‘मिस्टर वल्र्ड २०२५’ वा ‘मिष्टर ग्लोवल २०२५’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् । प्रतियोगीताको कोरियोग्राफी तथा मेन्टरसिप प्रशन्त ताम्राकार रहेका छन् ।