ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ साउन
कृष्ण जन्म अस्टमीको अवसर पारेर शनिबार अभिनेत्री रेखा थापाले आफ्नो होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ चलचित्र ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक गरेकी छिन् ।
पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मालाई समेटिएको छ । जसमा रेखा प्रहरी अधिकारीको भूमिकामा छिन भने रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ । यो पोस्टरले रेखा र पुजाबिच प्रतिस्पर्धा जनाउँछ ।
यो चलचित्रको आगामी सोमबारबाट छायांकन सुरु हुँदैछ । जसमा रेखाको जोडीको रुपमा अभिनेता महेश त्रिपाठी र पुजाको जोडीमा पुष्प खडका रहने छन् । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् ।