चलचित्र रिमैको शीर्ष गीत भिडियोमा आयो


बुधबार सार्वजनिक गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत रहेको छ । निकै कर्णप्रिय यस गीतमा रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ)को स्वर छ ।

……………………………………

ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ साउन

नेपाली चलचित्र ‘रिमै’को शिर्षक गीत सार्वजनिक भएको छ । यो चलचित्र आगामी भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ । चलचित्रको रिलिज नजिकिँदै गर्दा यसको शीर्ष गीत आज सार्वजनिक गरिएको हो । गीतको भिडियो ओएसआर डिजिटरबाट रिलिज भएको छ ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको यस चलचित्रको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् ।

बुधबार सार्वजनिक गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत रहेको छ । निकै कर्णप्रिय यस गीतमा रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ)को स्वर छ ।
गुरुङ परिवेशमा तयार पारेको गीतको अडियो तथा भिडियोले दर्शकलाई उत्साहित बनाउने देखिन्छ । किनभने, लामो समयपछि यो सिनेमाबाट दयाहाङ राई र रिश्मा गुरुङ (काजी र मैंया) को जोडी पुनः पर्दामा हेर्न पाइने भएको हो । जसले दर्शकमा सिनेमाप्रति उत्साह थपेको छ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रुपमा रहेका छन् ।

सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।