ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ साउन
नेपाली चलचित्र ‘जारी–२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक भएको छ । चलचित्र संविधान दिवसको अबसर पारेर आगामी असोज ३ गते रिलिज हुने भएको छ । चलचित्रको रिलिज मिति नजिकिएसँगै यसको टिजर सार्वजनिक गरिएको हो ।
यसमा च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाड भनिएको छ । यसरी नांगो पहाड सँग तुलना गर्ने संवादबाट सुरु हुने २ मिनेट ३४ सेकेन्ड अवधिको ट्रेलरले च्याब्रुङलाई लिम्बुको खुशीको स्वरमा व्याख्या गर्दै, फिल्मले आफ्नो कथा पेस गर्ने टिजरले जनाउँछ । सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ। टिजसमा दयाहाङ राई, मिरुना मगर तथा विजय बराल केन्द्रित छन् ।
टिजरले फिल्म आफ्नो सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक उकालो–ओरालोमा केन्द्रित हुने जनाउँ दिन्छ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।फिल्ममा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ। ‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर फिल्म हो। सो वर्ष फिल्मले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो फिल्मलाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ।