गीतकार नारायण खतिवडाको ‘मौनतामा पुरुष पनि कति रोएका होलान्’


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ साउन

गीतकार नारायण खतिवडाको ‘मौनतामा पुरुष पनि’ गीत बजारमा आएको छ । नेपाली समाजमा एउटा ‘छोरा मान्छे भएर रूनु हुदैन’ भन्ने सोच छ । यस बिषयमा यो गीतले गहिरो सन्देश दिएको छ । पुरूषले आँसु झार्ने ठाउसम्म हुँदैन, तर आँसु त झरिरहेको हुन्छ ‘कि त मनभित्र कित एकान्तमा !’

गीतकार नारायण खतिवडाको शब्द, शिलाबहादुर मोक्तानको सङ्गीत तथा प्रवीण भेडवालको स्वर रहेको ‘मौनतामा पुरूष पनि कति रोएका होलान्’ गीत अन्तरास्ट्रिय डिजिट्ल प्लेट्फर्ममा नमस्ते नेपाल डिजिट्ल स्टूडियोबाट भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको मिक्सिङ्ग तथा मास्टरिङ क्रमशः मनोज सामसोङ राई तथा सुरेश राईले गरेका हुन् । सो गीत स्टूडियो किङ्गमा रेकर्ड गरिएको हो ।

पुरुषहरुको आवाज सुन्ने र राख्ने सम्बन्धमा स्पष्ट निकाय तोकिएको छैन । प्रहरी तथा अन्य निकायमा महिला, बालबालिका तथा ज्येठ नागरिक हेर्ने छुटै निकाय छन् । तर पुरुषका लागि भनेर नतोकिएका हुँदा पुरूषहरू प्राय जानै चाहदैनन् । पुरूषहरू प्रताडित भएका धेरै घटनाहरू छन् त्यसको कारणमा बिषयवस्तुलाई हल्का रूपमा लिईनु, असमानयुक्त कानूनी प्रावधान तथा सस्थागत सयन्त्रको अभाव हुन् यसतर्फ कानून निर्माता तथा कार्यान्वयन निकाय र कानूनी उपचारको प्रावधानमा सुधार र परिमार्जन आवश्यक देखिन्छ ।

गीतमा भनिए झै कानूनको पालना हुदैमा सधै न्याय हुन्छ भन्ने निश्चित पनि हुदैन । वास्तबमा गीतले भनेजस्तै आजभोली कतिपय ब्यक्तिले कानूनको दुरूप्रयोग गरी स्वार्थ पूरा गर्नेतर्फ बढ्दै गएको अवस्था रहेको हुँदा कानूनहरूको समीक्षा गर्नुपर्ने बेला आएको छ, गीतले प्रष्ट पारेको छ ।

गीतको भिडियोमा शोभा खडका, महेश्वर खतिवडा, सन्तोष धिमाल, गणेशकुमार ढकालको अभिनय रहेको छ । गीतको निर्देशन खतिवडा आफैले गरेका हुन् भने सम्पादन बिकाश धमलाको रहेको छ । भिडियोको कन्सेप्ट भने जगन्नाथ खतिवडाको रहेको छ । गीतकार खतिवडाका यस भन्दा अगाडि पनि थुप्रै गीतहरू र पुस्तक समेत सार्वजनिक भएका छन् ।