ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ साउन
विपिन जोशीको खोजीमा आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल उडेका छन् । लामो समयदेखि हमासले विपिनलाई बन्धक बनाएका छन् ।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायलले विपिनकी आमा पद्मा र बहिनी पुष्पा फ्लाइ दुबईमार्फत उनीहरू अहिले बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरेर विपिनको खोजीमा थप दबाब बढाउन भनेर आमा र बहिनी त्यसतर्फ लागेका हुन् ।
यसैबिच हमासको कब्जामा रहेका विपिन लगायत विदेशी भूमिमा बेपत्ता भएकाहरुको यथासिघ्र खोजी तथा उपलब्धता होस् भन्दै पशुपतिमा यज्ञ लगाइएको छ ।
पशुपतिमा जारी महायज्ञका शंकल्पकर्ता समेत रहेका बिजयकृष्ण मूतिले पूजा गर्दै विपिनसहित बेपत्ता कैयौँ परिवारमा खुशी फर्कियोस् भन्दै कामना गरेका छन् । महायज्ञको आज २५ औँ दिन देवी प्रतिभाको कथा सुन्न सकिनेछ ।