मिष्टर एण्ड मिस काठमाडौको खोजी


 

काठमाडौं, २७ फागुन

एक्सपोज नेपालले ‘मिष्टर एण्ड मिस काठमाडौ’को प्रशिक्षण सुरु गर्दैछ । बिभिन्न चरणको अडिसनबाट छानिएका अन्तिम प्रतियोगीलाई प्रशिक्षण सुरु गर्न लागेको आयोजक संस्थाले जनाएको छ ।

यो प्रतियोगीतामा सहभागीलाई फुटबल, रक क्लाइसम्बङग, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण दिइने आयोजक पक्षले जनाएको छ ।

‘मिष्टर काठमाडौ’मा १६ देखि २९ वर्षसम्म उमेरका युवक र ‘मिस काठमाडौ’मा १६ बर्षदेखि २८ बर्षसम्मका युवतीको सहभागी छन् ।

आयोजक एक्सपोज नेपालले आइतबार एक बिज्ञाप्ती जारी गर्र्दै प्रतियोगीतामा अझै केही सिट बाँकी रहेकोले इच्छुकले केही दिन भित्र आवेदन दिन सक्ने जनाएको छ ।