अब बेन्टो केकरी नेपालमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ साउन

नेपालमा बेन्टो केकरी खुलेको छ । भारतमा निकै सफल रहेको बेन्टो केकरी नेपालका केक र बेकरी आइटमका पारखीहरूको लागी नेपालमा भित्रिएको हो । यो केकको पहिलो नेपाल आउटले कुपण्डोलमा खोलिएको छ। भारतमा अनुभवी उद्यमी अङ्कुर मस्कराले यो केकरीको सुरुवात गरेका हुन्। २०२४ मा खुलेको यो ब्रान्डको १२५ बढी आउटलेटहरु बुक छन् भने ६० बढी स्टोरहरू भारतमा सञ्चालनमा रहेका छन्। नेपालमा यो ब्राण्डलाई नरेश सारिया र रेखा सारियाले भित्र्याएका हुन्।

यो ब्रान्डको विशेषता भनेको १००% सुद्ध शाकाहारी र अण्डा रहित आइटमहरू हुन्। लाइभ किचनको अवधारणा र स्थानीय रूपमा अनुकूल मेनु यसको अर्को विशेषता हो। नेपालमा सस्तो, शाकाहारी र आधुनिक क्याफेको संस्कृतिको बढो मागलाई ध्यानमा राखेर सञ्चालनमा आएको यो केकरीका अन्य आउटलेटहरु खोल्ने तयारीमा सञ्चालकहरू रहेका छन्।

कुपन्डोल अवस्थित पहिलो स्टोरलाई मानसी अग्रवालले उद्घाटन गरेकी छिन्। व्यवसाय प्रवर्धनमा निकै सफल मानिएकी मानसीले बेन्टो केकरीको नेपाल आउटलेट उद्घाटन गर्न पाउँदा खुसी अनुभूति भएको बताइन्। उनले शुद्ध शाकाहारी र अण्डाविहीन मेनुले आफूलाई आकर्षित गरेको र हरेक सेलिब्रेशनमा यसका केकहरूको प्रयोग हुने विश्वास समेत उनले व्यक्त गरेकी छिन्।