ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ साउन
नेपाली चलचित्र ’हरिबहादुरको जुत्ता’ले पोस्टर सार्वजनिक गर्दै आफ्नो प्रचार अघि बढाएको छ । यसै क्रममा यो चलचित्रको तेस्रो नयाँ पोष्टर आज सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको पोष्टरमा चलचित्रका प्रमुख तीन कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्कालाई समावेश गरिएको छ । जसमा ती कलाकारको चरित्र प्रस्तुत छ । सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका छन्।
दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ । चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर रहेको छ ।