ब्युटी न्युज नेपाल
काठमाडौं, २० साउन
यो वर्षको तीजलाई लक्षित गरेर गायिकात्रय नम्रता तामाङ, नीलम रोका कार्की र बबी नेम्वाङ लिम्बूको स्वरमा रहेको गीत ‘किन्दिने हो कल्ले…?’ को भिडियो सार्वजनिक भएको छ । यो गीत डीपी खनालले लेखेका हुन् । गीत ‘किन्दिने हो कल्ले ?’ मा लोकप्रिय संगीतकार दीपक शर्माको संगीत सिर्जना रहेको छ ।
गीतको संगीत संयोजना पुरुषोत्तम सुवेदीको रहेको छ भने किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको छ । यो गीतको भिडियो ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
पछिल्लो समयको सामाजिक परिवेशलाई लिएर यो गीत निर्माण गरिएको छ । गीतले भड्किलो तीजलाई सरकात्मक सन्देश दिएको छ । छिमेकी, साथीसंगीको देखेर साडी लगाउने रहर, सुनको हार, झुम्का जस्ता गहना लगाउने रहर जागेको एक नारीको चाहनालाई गीतमा रमाइलोसँग प्रस्तुत गरिएको छ ।
यो गीतको भिडियोमा तीन अभिनेत्री कुन्जना घिमिरे ‘सुन्तली’, सनिशा बजगाईं र जुना सुन्दासले रमाइलो नृत्य गरेका छन् । उनीहरुलाई सुरेन्द्र बसेल, निशान्त परियार र सुनिल बन्जाडेले अभिनयमा साथ दिएका छन् । गम्भिर विष्टको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । यसलाई प्रविन भट्टले सम्पादन गरेका छन् ।