ब्युटी न्युज नेपाल
काठमाडौँ, २० साउन
साउन २७ गते मंगलबार देखि साउन ३१ गते सम्म सीएससी ग्लोबल नयाँ बानेश्वरले ’क्यानाडा एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । पछिल्लो समय विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने क्रम बढिरहेका बेला सहि सुचना र विद्यार्थीहरुलाइ सहज बनाउन एजुकेसन फेयर आयोजना गर्न लगिएको म्यानेजर बिद्या बस्नेतले जानकारी दिईन ।
फेयर बिहान १० बजेदेखी बेलुकी ५ बजेसम्म नयाँ बानेश्वरको अफिसमा सन्चालन हुनेछ । क्यानाडा अध्ययन गर्न नेपाली विद्यार्थीहरुको आकर्षण बढिरहेको बेला क्यानाडाका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधिसहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई सूचना दिने उद्देश्यले फेयर आयोजना गर्न लागेको अनुप अधिकारीले जानकारी दिए ।
फेयरमा शैक्षिक प्रणाली, विश्वविद्यालय, पढाई हुने कोर्षलगाएतका विषयमा सहि सुचना पाउनेछन् । सहभागि विद्यार्थीहरुले सो दिन बिभिन्न उपहारसमेत पाउने छन् । मेलामा एक हजार पाँच सय देखि दुइ हजार विद्यार्थी सहभागि हुने अपेक्षा गरिएको छ ।