पल, नीति र बेनिशाको पीडासहित ‘मोहर’को वियोगान्त गीतमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ साउन

नेपाली चलचित्र ‘मोहर’को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । साउनको २३ गतेबाट रिलिजमा हुने यो चलचित्रको यो नयाँ गीतमा थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको छ । यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ । सार्वजनिक गीतका शब्दहरु कारुणिक छन् । यो गीतले चलचित्रका पात्रहरुको वियोगान्त कथा बोकेको छ ।

गीत निकै वियोगान्त भावको छ । यस अघि पनि थानेश्वरले चलचित्र अञ्जिलामा यस्तै वियोगान्त भावको गीत ल्याएका थियो । अञ्जिलाको गीतको सफलता पछि चलचित्रमा उनले यसपटक फेरी वियोगान्त गीत आएको हो ।

चलचित्र मोहरमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्ममा बाल–कलाकारको रुपमा सारा शर्माले अभिनय गरेकी छिन् ।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्मलाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन् ।

दीपेन बस्न्यातको डीओपी रहेको फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम, एसडी योगीको संगीत, समीर मियाको भीएफएक्स छ । कुमार महर्जनको एक्सन रहेको फिल्ममा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी छ । गिरिराज घिमिरे मुख्य सहायक निर्देशन रहेको फिल्मको ट्रेलर र २ गीतले दर्शकको ध्यान खिचिसकेको छ ।