ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ साउन
यो दसैँलाई लक्षित गरेर फूलपतिमा तीन वटा नेपाली चलचित्र एकै दिन रिलिज हुँदैछन् । यी तीन चलचित्रले शुक्रबारबाट फस्ट लुक्स सार्वजनिक गर्दै प्रचार थालेका छन् । ती तिन चलचित्र मध्य चलचित्र ’हरिबहादुरको जुत्ता’को फस्ट लुक्स पनि शुक्रबार नै सार्वजनिक गरिएको छ ।
शुक्रबार एउटा मात्र पोस्टर फस्ट लुक्सको रुपमा सार्वजनिक गरिएको यो चलचित्रको सो पोस्टरमा हरिबंश आचार्यलाई मात्र समेटिएको थियो । शनिबार फेरी यो चलचित्रको दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । जसमा चलचित्रका मुख्य कलाकारलाई समेटिएको छ ।
मह सञ्चारले निर्माण गरेको हास्य टेली सृंखला मदनबहादुर हरिबहादुरबाट यो चलचित्रको पात्र हरिबहादुर सापटी लिईएको पोस्टरले जनाउँछ । सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका छन् ।
चलचित्रको दोस्रो पोस्टरमा यसका मुख्य कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, दिव्य देव समेटिएका छन् । यो चलचित्रका अन्य कलाकारमा हरिहर शर्मा, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायत छन् ।
यो चलचित्रलाई दिपेन्द्र के खनालको निर्देशन गरेका हुन् । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रका गीतहरुमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर रहेको छ ।