आफ्नो जन्म दिनमा गायक डेभिडले ल्याए नयाँ तीज गीत


संगीतकार दीपक शर्मासँग मिलेर यो गीतलाई डेभिडले लेखेका हुन् । गीतमा डेभिडकै एकल स्वर रहेको छ । जसमा दीपक शर्माले संगीत सृजना गरेका छन् ।

……………………………………………………

ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ साउन

तीज महिलाहरुको मुख्य पर्व हो । तर पछिल्लो समय तीजमा महिलाहरुलाई लक्षित गरेर पुरुषहरुले पनि आफ्नो स्वरमा तीज गीत ल्याउन थालेका छन् । यसै क्रममा गायक डेभिड शंकरले पनि यो वर्षको तीजलाई लक्षित गरेर नयाँ तीज भाका ‘ए चेलीबेटी सेवा गर्ने मौका देऊ एकचोटी…’को भिडियो सार्वजनिक गरेका छन् । भिडियोलाई डेभिडले आफ्नै अफिसियल च्यानलबाट रिलिज गरेका छन् ।

यो तीज गीत सन्देश मुलक छ । जसमा पुरुषले नारीलाई गर्ने सेवा एवम् सम्मानका भावहरु दर्शाइएको छ । गीतले महत्वपूर्ण सामाजिक सन्देश पस्केको छ । गीतको भाव अनुसार यसको म्युजिक भिडियो निर्माण गरिएको छ ।

संगीतकार दीपक शर्मासँग मिलेर यो गीतलाई डेभिडले लेखेका हुन् । गीतमा डेभिडकै एकल स्वर रहेको छ । जसमा दीपक शर्माले संगीत सृजना गरेका छन् ।

गीतको भिडियो पनि रमाईलो बनेको छ । जसमा अभिनेत्रीहरु दीपाश्री निरौला, रीमा विश्वकर्मा, कुसुम शर्मा र मिस पविको अभिनय रहेको छ । गीतको भिडियोमा पुरुष मोडलको रुपमा गायक डेभिड आफैँ प्रस्तुत भएका छन् । जसमा सुधिर श्रेष्ठले पनि शिर्ष भूमिका निभएका छन् । यो गीतका संगीतकार दीपक शर्मा र संगीत संयोजक नरेन्द्र वियोगीलाई पनि डेभिडसँगै अभिनय गरेको देख्न पाईन्छ । गीतको भिडियो रमाइलो बनेको छ ।

यो गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । भिडियोमा नारी सशक्तीकरण, सम्मान र अवसरको मागलाई मुख्य विषयवस्तु बनाइएको छ । भिडियोको छायांकारमा देव डोर्जे लामा, सम्पादकमा प्रवीण भट्ट रहेका छन् ।