बीरेन्द्र हमालद्वारा १५ दिने अभिनय तथा निर्देशन कार्यशाला गरिँदै


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ साउन

नेपाली रंगमञ्चमा सक्रिय निर्देशक बीरेन्द्र हमालको संयोजनमा एक विशेष १५ दिने थिएटर कार्यशाला (अभिनय तथा निर्देशन) सुरु हुने भएको छ । अभिनय र निर्देशनमा रुचि राख्ने नयाँ पुस्तालाई लक्षित गरी आयोजना गरिने छ । यो कार्यशाला मिति भाद्र ३ देखि १८ गते सम्म काठमाडौंमा सुरु हुँदैछ । कार्यशालामा सहभागीहरूले अभिनयको आधारभूत सिद्धान्त, शरीर र आवाजको प्रयोग, संवाद प्रवाह, चरित्र निर्माण, दृश्य संरचना, रंगमञ्चीय निर्देशनको प्रक्रिया जस्ता महत्वपूर्ण पक्षहरूमा

सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्राप्त गर्नेछन्। बीरेन्द्र हमालले आफैं प्रमुख प्रशिक्षकका रूपमा कार्यशालाको नेतृत्व गर्नेछन् ।

बीरेन्द्र हमालका अनुसार थिएटर जीवन बुझ्ने र बुझाउने माध्यम हो। नयाँ पुस्तालाई अभिनय र निर्देशनको सही अभ्यास दिलाउने उद्देश्यले यो कार्यशाला सुरु गर्न लागिएको हो।  उनले नेपाली रंगमञ्चमा थप ऊर्जा र अनुशासन ल्याउने उद्देश्यसहित यस्ता कार्यक्रमहरू आयोजना गर्न लागेको बताएका छन्।

कार्यशालामा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरूका लागि दर्ता फारम नयाँ बानेश्वर स्थित कार्यालयमा उपलब्ध गराइएको छ । आयोजक टोलीले सीमित स्थान हुने भएकाले चाँडो दर्ता गर्न सबैलाई अनुरोध गरेको छ।