ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ साउन
१० औँ मिस व्युटिफुल नेपाल २०२५ को प्रसुन्ना सेन्चुरी र नवौँ संस्करणको मिसेस व्युटिफुल नेपालको उपाधि प्रिया कार्कीले हाँसिल गरेका छन् । शनिबार बेलुका दक्ष इन्टरनेशनल प्रालिले काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजना गरेको ग्रान्ड फिनाले समारोहमा यी दुई बिजेता बनेका हुन् ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमो प्रमुख निर्णायकमा वरिष्ठ अभिनेता तथा निर्देशक रमेश बुढाथोकी रहेका थिए भने निर्णायकहरूमा वरिष्ठ अभिनेत्री सनी रौनियार, अभिनेता रमेश उप्रेती, नेपाल आइडल विजेता तथा गायक बुद्ध लामा, डान्स कोरियोग्राफर केशव थापा, शिक्षाविद मन कुमारी पोखरेल, शिल्पा पोखरेललगायत थिए । प्रतियोगितामा अन्य उपाधि विजेताहरु यस प्रकार थिए ।
मिसेस तर्फका उपाधी विजेताहरु
विजेता÷फोटोजेनिक, भिवर्स च्वाईस, बेस्ट पर्सनालिटी –प्रिया कार्की
फस्ट रनर अप/मस्ट पपुलर, बेस्ट स्माईल, नृत्य – पारु खड्का
सेकेन्ड रनर अप/र्याम्प वाक –मोनिका शर्मा
मस्ट डिसिप्लेन – मनिषा गुरागाईं
मस्ट पंच्युयल/मस्ट ट्यालेन् –अनिता राज भण्डारी
मिस तर्फका उपाधी विजेताहरु
विजेता–प्रसुना सेन्चुरी
फस्ट रनर अप –श्रेया वाग्ले
सेकेन्ड रनर अप – विपना भट्टराई
थर्ड रनर अप – सोनिया रञ्जित
मस्ट पपुलर–एलिना कार्की
भिवर्स च्वाईस– सोनिया रञ्जित
मस्ट ट्यालेन्ट –अनुग्रह घिमिरे
मस्ट डिसिप्लेन –सपना कुमारी शहनी
बेस्ट र्याम्प वाक–अनुग्रह घिमिरे
बेस्ट फिगर –श्रेया वाग्ले
मस्ट फोटोजेनिक–एलिना कार्की
फेशन आइकन–विपना भट्टराई
मस्ट एक्टिभ–प्रसुना सेन्चुरी
बेस्ट डान्स–विपना भट्टराई
मस्ट फ्रेण्डिली–सोनिया रञ्जित
मस्ट पंच्युयल–श्रेया वाग्ले
बेस्ट स्माईल –प्रमिला न्यौपाने
कार्यक्रममा विशेष अतिथिमा रूपमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेता राजाराम पौडेल, निर्माता उत्तम केसी लगायत थिए ।
यो कार्यक्रमले सहभागी महिलाहरूलाई आत्मअनुशासन, सार्वजनिक व्यवहार र नेतृत्व गुण विकास गर्ने ठुलो प्लेटफर्मको रूपमा परिचय दिलाउँदै आएको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले बताए । प्रतियोगिताको कोरियोग्राफीसँगै ग्रान्ड फिनालेको सहजीकरण आश्विनी झाले गरेका थिए । ईभेन्ट डाईरेक्टरको रुपमा गीता उप्रेती रहेकी थिईन ।
तस्बिर : बद्री थापा, ब्युटी न्युज नेपाल