ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ साउन
गायिका अन्जु पन्त, अभिनेत्री निता ढुंगाना, मोडल एवम् अभिनेत्री मिस पवि, मोडेल झरना रिसाल, मोडेल सन्ध्या घतानीलगायतले काठमाडौँको शंखमूलस्थित मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको संयुक्त उद्घाटन गरेका छन् । उनीहरुले एक विशेष कार्यक्रमका साथ पार्लर उद्घाटन गरेका हुन् । सौन्दर्य सेवा र व्यावसायिक तालिमको क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित सुरु गरिएको यस केन्द्रको सञ्चालक पक्षले जनाएको छ ।
पार्लरको उद्घाटन समारोहमा विशिष्ट कलाकारहरूको विशेष सहभागिता रहेको थियो । उनीहरूको उपस्थिति र समर्थनले कार्यक्रममा थप उत्साह र रौनकता ल्याएको थियो।
उक्त उद्घाटन समारोहमा बोल्दै मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर की सञ्चालिका गीता गिरीले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र गुणस्तरीय सौन्दर्य सेवा प्रदान गर्ने तथा सौन्दर्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख लक्ष्य रहेको बताइन् उनले तालिम केन्द्रमार्फत युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगारमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् ।
मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी ले सौन्दर्य सेवासँगै अनुहार, छाला, शरीर र सौन्दर्य सम्बन्धी अन्य समग्र सेवा तथा तालिम समेट्ने योजनासमेत अघि सारेको छ । आत्मनिर्भरता, सशक्तिकरण र व्यवसायिक अवसर सिर्जनाका दृष्टिकोणले यो प्रयास सराहनीय भएको कार्यक्रममा सहभागी गायिका, नायिका एवम् मोडलहरुले बताए । शहरको मुटुमा अवस्थित मायाजले शहरी जीवनशैलीसँग मेल खाने अत्याधुनिक प्रविधिसहितको सेवा दिने विश्वास दिलाएको छ ।