पुजनको तीज गीतमा शिला गजुरेलको छमछमी


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ साउन

गायिका पुजन काफ्लेको स्वरमा नयाँ तीज भाकाको गीत सार्वजनिक गरेकी छन् । तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द, संगीत तथा स्वर नै पुजन काफ्लेको छ । यो गीतमा आदेश गुर्मछानको संगीत संयोजन छ ।

गीतको भिडियोमा शिला गजुरेलको आकर्षक नृत्य छ । शिलासँगै भिडियोमा संस्कृति भुजेल र एलिजा काफ्लेको पनि नृत्य छ ।

गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ । तीजमा सँगै मिलेर नाच्नेगाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ ।
यो गीतको भिडियो केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा तयार भएको छ ।