राजेश पायल राईको फुल भन्दा कमी…


काठमाडौं । गायक राजेश पायल राईले आफ्नो नयाँ गीत फुल भन्दा कमी…को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीत निकै कर्णप्रिय बनेको छ । गीतको भिडियो पनि आकर्षक छ ।

यसामा राजु सिंह संगीत तथा बसन्त वित्यासी थापाको रचना रहेको छ । आफुहरुको साँगीतिक यात्राको २५ वर्ष अर्थात रजत जयन्तीको अवसरमा तयार गरिएको तिमी मेरो साथी गीतिसँग्रहको फुल भन्दा कमी छैन… गीतको भिडियो काठमाडौंमा एक समारोहबीच सार्बजनिक गरिएको छ ।

सार्बजनिक गरिएको सो भिडियोमा गणेश अग्रवाल, साधना शर्माको अभिनय रहेको छ । सञ्जय पाण्डेले निर्देशन गरेको यस भिडियोलाई सुरेश बज्राचार्यले खिचेका हुन् ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै संगीतकार राजु सिंहले आफ्नो सांगीतिक करियरमा नजरको दोषी बनी…, रित्तो सडक… जस्ता वित्यासीका गीतले आफ्नो साँगीतिक यात्रामा ट्रनिङ प्वाईन्ट ल्याएको बताए ।
गीतका रचनाकार बसन्त वित्यासीले आफुहरुको यो मित्रता सधैं यसरी नै अगाडि बढिरहने छ भने । दर्शक, श्रोताको माया पाए अझै राम्रा राम्रा गीतहरु पस्किन सफल हुने उनले बताए ।

 

राजु सिंह र बसन्त वित्यासीका सहकार्यमा एल्वम अविरल, ठुल्नानी, मित्रता, अनुरोध, गहना, दशक, जस्ता एल्वम यस अघिनै सार्बजनिक भइसकेका छन् ।

मिलाप मासिकले आयोजना गरेको सो भिडियो बिमोचन कार्यक्रममा कलाकार उत्तम केसी, मिलाम मासिककी कार्यकारी सम्पादक गीता अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यस्तो छ भिडियो ः