ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ साउन
चलत्रिचका मुख्य नायक पल शाह प्रचार प्रसारको काम बिचमै छाडेर आफ्नो फिल्म यानीमायाको अभिनय कार्यशालामा पाँच दिन अघि ढोरपाटन गएपछि नेपाली चलचित्र ‘मोहर’को प्रचार प्रसारको गतिविधि रोकिएको थियो । यो चलचित्रसँगै अर्को चलचित्र सिटामोल पनि २३ साउनमै रिलिज हुँदैछ । अहिले मोहरको प्रचार सुस्ताएकाले निर्माण पक्षले चलचित्रको व्यापक प्रचार गर्न आबस्यक छ ।
यसै बिच यो चलचित्रको आज ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सस्पेन्स, थ्रीलरको साथमा प्रेम, विछोड र बदलाको कथा संक्षिप्तमा प्रस्तुत छ ।
चलचित्र ‘मोहर’को ट्रेलर मुख्यतया नायक पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह, कलाकारहरु लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको वरिपरी घुमेको छ ।
देउकी प्रथालाई मुख्य बिषयवस्तु बनाएको फिल्मको ट्रेलरमा थुप्रै आरोह अवरोह देखिन्छ । पलको बेनिशा र नीतिसँगको प्रेमले पनि अर्थपूर्ण कथा भन्न खोजेको देखिन्छ ।
एउटी बालीकालाई देउकी चढाउने बिषयबाट उठान भएको फिल्मको ट्रेलर थुप्रै उतारचढावका बिच अगाडि बढेको छ । फिल्मको ट्रेलरले दर्शकलाई फिल्मप्रतिको चासो बढाउने देखिन्छ । दुई गीत र टिजर चर्चामा रहेको समयमा ट्रेलरले अझै कौतुहलता र चासो बढाउने पक्का छ ।
यो फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजर, दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत छ । यो फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा कुमार महर्जनको एक्सन छ ।