प्रकाश कटुवालको जर्सी गाईको दुध रुचाए दर्शकले


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ साउन

‘लखर लखर डुलेर हिड्ने
रामेछापको केटालाई नचिन्ने
जर्सी गाईको दुध डढ्यो कुराउनी
एक पोखरेली साईँली
कहिले हो त मनको धित पुर्याउने…’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष एवम् चर्चित गायक प्रकाश कटुवालले यति बेला आफ्नो स्वरमा नयाँ गीत जर्सी गाईको दुध…दर्शकमाझ ल्याएका छन् । उनले यो गीतको भिडियो आफ्नो अफिसियल च्यानलबाट सार्वजनिक गरेका हुन् । यो गीतले रिलिज भएको तीन दिनमै एक लाख भन्दा बढी भ्युज पाईसकेको छ । गीत लोकप्रिय भईरहेको छ । दर्शक श्रोताबाट गीतले राम्रो प्रतिक्रिया पाएको छ ।

जर्सी गाईको दुध गीतमा प्रकाश कटुवाल र समिक्षा अधिकारीको युगल स्वर रहेको छ । यो गीतको शब्द तथा संगीत पनि प्रकाशकै हो । गीतमा आरके मिलनको संगीत संयोजन छ। यो गीत निकै रमाईलो छ । रामेछापको केटा र पोखराकी केटीको भेटघाटपछि उनीहरुको चिनजान र मायाप्रे्मको प्रसँग यो गीतमा उठाइएको छ । गीत रमाइलोुसँगै सन्देश मुलक बनेको छ ।

यो गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोको नृत्य निर्देशन तथा निर्देशन शंकर बीसीले गरेका हुन्। उनले यो गीतको भिडियोलाई राम्रो बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।

गीतको भिडियोमा शंकर बीसी आफैँ मोडलको रुपमा प्रस्तुत भएका छन् । उनको जोडीको रुपमा मोडल रिया खड्का छिन् । शंकर र रियाको जोडी राम्रो सुहाएको छ । यो नृत्य प्रधान गीतको भिडियो पनि भव्य बनेको छ ।

राजेश घिमिरे र उनको टिमले छायांकन गरेको यो गीतको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् । भिडियोलाई एन्भान्चर इन्टरटेनमेन्टले प्रोडक्सन गरेको हो ।