ब्युटी न्युज नेपाल
काठमाडौं, ५ साउन
आगामी १२ भदौमा रिलिज गर्ने भनिएको नयाँ नेपाली चलचित्र ‘कोशोढुंंगा’को नयाँ गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ…’को भिडियो सार्वजनिक गरिएको छ । सोमबार काठमाडौँमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो । औपचारिक कार्यक्रममा सार्वजनिक गरिएपछि यो गीतको भिडियोलाई सेभेन सिज इन्टरनेसनलको युट्युवबाट दर्शकमाझ ल्याइएको छ ।
यो तीज भाकाको गीतलाई नेत्र अर्यालले लेखेका हुन् । गीतमा संगीत खेम सेन्चुरीको रहेको छ । यो गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ ।
यो गीतको भिडियो निकै रमाईलो बनेको छ । भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सुरक्षा पन्त र नीति शाहले अविवाहितको पक्षबाट आफ्नो परिकल्पना र उत्सुकता राखेका छन् । अभिनेत्री ऋचा शर्माले विवाहित महिलाको रुपमा नृत्य गरेकी छिन् । भिडियोमा नव अभिनेता मन्जिल कुमारसँगै दिनेश काफ्ले र अन्य कलाकारहरुको नृत्य आकर्षक छ ।
निर्माणपक्षले यो गीतमा टिकटक प्रितस्पर्धा समेत घोषणा गरेको छ । आजैदेखि खुल्ला गरिएको प्रितस्पर्धा अगस्ट २० सम्म सहभागीले भागलिन पाउनेछन् । टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नु पर्ने छ । यसमा बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउने छन् ।
योि चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेको हुन् । यस अघि ब्लक बस्टर चलचित्र पूर्ण बहादुरको सारंगी निर्देशन गरेका निर्देशक पौडेलले आफ्नो यो चलचित्र पनि त्यत्तिकै राम्रो बनेको दाबी गरेका छन् । नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।
‘कोशेढुंगा’को कार्यकारी निर्मातामा दिनेश खड्का छन् । चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् । नेपालसहित ४३ देशमा एकसाथ यो चलचित्र रिलिज हुने भएको छ । कोशेढुंगालाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४० देशमा प्रदर्शनमा आउने जनाएको छ ।