ब्युटी न्युज नेपाल
काठमाडौं ५ साउन
लिम्बु भाषाको नयाँ गीत गीत ‘ए फुंङ्…’ भिडियो सार्वजनिक भएको छ । यो म्युजिक भिडियोलाई जेपिजे इन्टरटेन्टमेन च्यानलबाट सार्वजनिक गरिएको छ ।
यो गीतको भिडियोलाई बरिष्ठ चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशन गरेका हुन् । यसमा विवस बेनामको शब्द, मनि ताम्लिङ्गको संगीतमा मनि ताम्लिङ्ग र दिपा सुहाङ्गको स्वर रहेको छ ।
सुमन थाम्सुहाङग र नविना सम्वाहाम्फेको मुख्य भूमिका रहेको भिडियोमा बिजेता लिम्बु, सोनिया लाबुङ्ग, निरा नेम्बाङ्ग आदिको पनि अभिनय छ ।
अमेरिकाको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियो सम्राट कार्कीले खिचेका हुन् । यसमा सम्पादन मन्दिल श्रेष्ठ, रंग संयोजन बिनय कंशाकारको रहेको छ ।