आयो शिव भजन जाउँ कैलाशैमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ साउन

गीतकार भीष्मराज फुलाराको शब्द रहेको शिव भजन “जाउँ कैलाशैमा…”को भिडियो सार्वजनिक भएको छ । राजेन्द्र बजगाईको स्वर, संगीत र एरेन्ज रहेको शिव भजनमा सामुहिक स्वर सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के.सी. र नितु पौडेलको रहेको छ । मनोज परियारको मिक्सिङ्ग माष्टरिङ्गमा ‘आफ्नो मन’ स्टुडीयोमा रेकर्ड भएको उक्त भजनमा पोसन घर्तीमगरको खैचडी/मादल र रत्न बिकको बासुरीको धुन सुन्न पाईन्छ ।

उत्तम प्रसाद अधिकारीको निर्देशकीय भूमिका रहेको भजनको भिडियोमा राजेन्द्र बजगाई, भीष्मराज फुलारा, सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के.सी, राज टाईगर, हरि यादव र विनोद रसाईलीले भजनमा कलाकारको भूमिकामा साथ दिएका छन । उक्त भजनको भिडियोमा राजेश कुमारको सम्पादकिय भूमिका, सुविन गोदारको छायांकन, पुर्षोतम नेपालको सहायक छायांकन, भिडियो बैकको दृश्य निर्माण रहेको छ । द ल अफिस अप वासु डी फुलारा पी.सी., अमेरिकाको सहकार्यमा उक्त भजन फुलारा इन्टरटेनमेन्ट नेटवर्क युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

साउन महिना हिन्दू धर्ममा खासगरी भगवान् शिवलाई समर्पित महिनाका रूपमा मनाइन्छ । साउन महिनामा ध्यान, जप, योग, उपवासजस्ता कार्यले आध्यात्मिक उन्नति हुने विश्वास गरिन्छ। यहि कुरालाई मध्य नजर गरि शिव भजन “जाउककंला कैलाशैमा” सार्वजनिक गरिएको लेखक फुलाराको भनाइ छ ।