ब्युटी न्युज नेपाल
काठमाडौँ, २ साउन
गीतकार रञ्जना कडरियाको रचनामा नयाँ गीत तीज गीत ‘आमाले सुने लुकेर रोलिन…’ सार्वजनिक भएको छ । यो गीतको सजिना लामिछानेले संगीत सृजना गरेकी हुन् । भिडियोको निर्देशन पनि सजिनाकै हो । भिडियोलाई रञ्जना कडरिया युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
यो नारी वेदना भावको तीज गीतमा गायिका सञ्जु न्यौपानेको स्वर रहेको छ । तीज पर्वका अवसरमा महिलालाई केन्द्रमा राखेर महिलाद्वारा नै तीज गीत गाइन्छ । यी गीतमा बालविवाह, अनमेल विवाह र बहुविवाहले महिलाको जीवनमा ल्याएका समस्या, घरपरिवारबाट भोगेका थिचोमिचो र त्यसबाट सिर्जित दर्दहरू प्रस्तुत हुन्छ । छोरी चेलीको बेदनामा यो गीत केन्द्रित छ । तीज गीत आमाले सुने लुकेर रोलिन को भिडियोमा सजिना लामिछाने नै शिर्ष भूमिकामा छिन् ।
अभिनयमा सहयोगी भएर सजिनालाई अग्रज कलाकार भीमा मैनाली सहित भुवन भट्टराई, रञ्जना कडरिया, खादानन्द कडारिया, निरु कडारिया, बासु खनाललगायतले साथ दिएका छन् ।
यो गीतको भिडियोमा छायांकन रमित बोहराको, सम्पादन राज धामीको र मेकअप संगिता महताराको रहेको छ । गीतसँगै भिडियो पनि सान्दर्भिक बनेको छ ।