खुमन र एलिनाको स्वरमा आयो एक नयाँ तिज गीत


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ असार

गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले एक दिन त पछुताउँछ…गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा गायिका एलिना चौहानलाई गायक खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । गीतको शब्द गायत्री थापाले लेखेकी हुन् भने लय खुमन अधिकारीकै रहेको छ ।
यो तीज गीतमा एलिनाले विगतका घाउ, पीडा र आत्मबललाई भावुक अभिव्यक्तिमा प्रस्तुत गरेकी छन् । गीतको म्युजिक भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल, गायत्री थापा र विन थापाले अभिनय गरेका छन् ।

भिडियोलाई जीवन कुमार ज्ञवालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । दुर्गा पौडेलको छायांकन र नविन घर्तिमगरको सम्पादन रहेको भिडियोले गीतको भावनालाई प्रभावशाली ढंगले दर्शाएको छ ।