ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ असार
नेपाली गायिका शिवानी भगत र भारतीय गायक देव अहिर रावको युगल स्वरमा नयाँ गीत कुन्नि कति खेर…को भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा शब्द र संगीत डा. सुरेश थपालियाको रहेको छ । आर्यतारा म्युजिकको प्रस्तुति रहेको यो गीत मुम्बईको एट्मोस्फेयर स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतमा संगीत संयोजन देव अहिर रावले गरेका छन् । यसमा मिक्सिङ÷मास्टरिङ अरविन्द सोनुको रहेको छ ।
प्रकाश धितालले निर्देशन गरेको यो गीतको भिडियोमा सागर खनाल र बिना राउतको अभिनय रहेको छ । भिडियोमा सुबिन गोदारको छायांकन, टेकेन्द्र शाहको सम्पादन तथा रंग संयोजन रहेको छ ।