६१ लाख रुपैयाँ आफूले लिएको हैन भने केदारले


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ असार

हास्य अभिनेता केदार प्रसाद घिरिमे (माग्ने बुढा)को परिचय भनेकै अहिलेसम्म नेपालमा सबैभन्दा बढी पारिश्रमिक लिने कलाकारको रुपमा भएको थियो । तर केदार आफैँले चलचित्र माग्ने राजामा ६१ लाख रुपैयाँ लिएको हैन भने । उनले यो घोषण गरेसँगै माग्ने राजाका निर्माता र निर्देशकले विभिन्न टिका टिप्पणी यतिबेला सहनु परेको छ ।

केदारले आफुलाई महँगो पारिश्रमिक लिने कलाकारको रुपमा घोषणा गरेर निर्माता मुनाल घिमिरेले सस्तो चर्चा बटुलेको बताएका छन् । यो सत्यकुरा बोल्दा केदार समेत अहिले चर्चासँगै विवादमा छन् । केदार बिरुद्ध विभिन्न टिप्पणी आएको छ ।

तथापि केदारले सो रकम आफुले लिएकै हैन भनेर दाबी गरेका छन् । मिसेस नेपाल वल्र्ड २०२५ को पत्रकार घेटघाट कार्यक्रममा केदराले यो कुरा खुलासा गरेका हुन् । उनले ६१ रुपैयाँ आफुले लिएको भन्ने कुरा प्रमाणित गरिदिन पनि आग्रह गरेका छन् । आफुले जति पारिश्रमिक लिएको हो, त्यसको कर तिर्ने उनले बताएका छन् ।

निर्माताले चलचित्रको टिजर सार्वजनिक गर्नु अघि चलचित्रलाई हाइप दिन एक समारोहमा आफ्नो पारिश्रमिक ६१ लाख रुपैयाँ घोषणा गरेर आफुलाई गरी खान गाह्रो बनाएको केदारले बताएका छन् । यो चलचित्रका निर्देशक ऋषीले पत्रकार भेटघाटमा पत्रकारसँगै चर्को चर्को स्वरमा अनाबस्यक टिका टिप्पणीसहित पत्रकारलाई नै कुटौँला जस्तो गरेको प्रती पनि केदारले दुःख व्यक्त गरेका छन् ।

सुत्रका अनुसार केदारले चलचित्र माग्ने राजमा ३० लाख रुपैयाँ लिएका हुन् । जसमध्य २० लाख रुपैयाँ लिएको र १० लाख रुपैयाँ सेन्सर अघि लिने सर्त रहेको सुत्रको दाबी छ ।

तस्बिर : बद्री थापा, ब्युटी न्युज नेपाल