ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असार
नेपाली चलचित्र ‘पीआर’ को टिजर सार्वजनिक गरिएको छ । काठमाडौँमा एक समारोहबीच ।बिहीबार यो गीतको टिजर सार्वजनिक गरिएको हो । टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरुको संघर्ष उनीहरुको दुख नेपालमा परिवारको पिढा एउटा समसामयिक विषय देखाइएको छ । फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा ,म्याक्स र नवीन घायलको अभिनय छ ।
त्यसैगरि विशेष भुमिकामा नीर शाह,गौरी मल्ल,रबिन्द्र खडका, दिक्पाल कार्की उत्तम केसीले अभिनय गरेका छन्। रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र सन्तोष तिवारी (लेन वे डम्प्लिङ) सिड्नी प्रस्तुतकर्ता रहेको यस फिल्मको निर्देशन शोभित बस्नेतले गरेका छन्। यस फिल्मको कथा पनि उनकै रहेको छ । यो फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा ६० र ४० प्रतिशत गरिएको निर्देशक बस्नेतको भनाई छ ।
यस फिल्मका निर्माताका रुपमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा रहेका छन्। यो चलचित्रमा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ। यस फिल्मको मुख्य सहायक निर्देशकका रुपमा रामजी राउत,गणेश बुढाथोकी, मणि तामाङ रहेका छन्।
यसमा केवल मान सिंह बस्नेतको निर्माण ब्यबस्थापक रहेको छ । निर्माण पक्षका अनुसार यो फिल्म यसै महिनाको अन्तिमबाट अस्ट्रेलिया र न्युजिल्यान्ड को सबै शहरमा र रिलिज गरिदै छ। यस बाहेक दशैको आसपासमा विश्वव्यापी रुपमा रिलिज गरिने निर्माण पक्षको भनाई छ । यो फिल्मलाई आर आर फिल्मसले वितरण गर्दैछ।