ब्युटी न्युज नेपाल
काठमाडौँ, १० असार
गायक रामप्रसाद गुरुङले आफ्नो स्वर र अभिनयमा नयाँ गीत ‘फुलै फुलेको…’को भिडियो सार्वजनिक गरेका छन् । गुरुङ भाषाका चलचित्रहरूमा प्रभावशाली अभिनय प्रस्तुत गर्दै आएका उनी कुशल कलाकार हुन् ।
आधा दर्जन भन्दा बढी भिडियोहरूमा अभिनय गरेका बहुआयामिक व्यक्तित्व रामप्रसाद गुरुङ अभिनित गुरुङ भाषाको चलचित्र ‘आमाको मन’ र ‘ङोल्स्यो रामह्रानी’ मा पनि उनको जिवन्त अभिनय देख्न सकिन्छ ।
स्याङ्जा जिल्लाको भिरकोट नगरपालिक वडा नं ९ स्थित बाबु दुर्गा बहादुर गुरुङ र आमा नरमति गुरुङको कोखबाट २०४८ सालमा जन्मिएका रामप्रसाद गुरुङको कला क्षेत्रममा आफ्नै पहिचान छ ।
त्यसो त हालै सार्जजनिक गीत ‘फूलै फुलेको’मा रामप्रसाद गुरुङलाई संगीता गुरुङले स्वरमा साथ दिएकी छन् भने शब्द र संगीत बिन खातीको छ ।
रामप्रसाद गुरुङ, निशु गुरुङको मुख्य भुमिका रहेको भिडियोमा श्रृंगार आशिष गुरुङ, छायांकन सन्देश गुरुङ, सम्पादन बिनिता गुरुङ, कोरियोग्राफी र निर्देशन जसु गुरुङको रहेको छ ।