अनमोल केसीले गरे तीन चलचित्रमा आबद्धताको घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ असार

अभिनेता अनमोल केसीले यतिबेला आफू तीन वटा नयाँ नेपाली चलचित्रको काममा व्यस्त भएको बताएका छन् । सोमबार साँझ फेसबुकमा एक स्टाटस लेख्दै उनले आफू हाल तीन वटा चलचित्रको काममा व्यस्त भएको घोषणा गरेका छन् ।
सोमबार दिउँसो अभिनेता अनमोल केसी र उनले अभिनय गरेको चलचित्र फर्की फर्कीको निर्माण टिम बिरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको छ । साहित्यकार नरेन्द्र बहादुर श्रेष्ठले आफ्नो फोन नम्बर चलचित्र फर्की फर्कीमा आफ्नो अनुमती बिना राखेको र अहिले अनावबस्य फोन आएर दैनिक रुपमा आफ्नो मानहानी भएको भन्दै अनमोल र फर्की फर्की चलचित्रका निर्माता बिरुद्ध मानहानीको मुद्दा हालेका हुन् ।

सो मुद्दाको खबर आएसँगै अभिनेता अनमोलले आफु हाल तीन वटा चलचित्रमा व्यस्त रहेको फेसबुक स्टाटस मार्फत घोषणा गरेका छन् । अदालतमा परेको मुद्दाको खबरलाई छायांमा पार्न अनमोलले यस्तो घोषणा गरेको अरोप समेत उनीमाथि यति बेला लागेको छ ।

तथापि अभिनेता अनमोलले आफु अहिले चलचित्र जेरी अन टप, बाटुल जुन र ए मेरो हजुर ५ सहित यी तीन चलचित्रमा व्यस्त रहेको सो स्टाटस मार्फत घोषणा गरेका छन् । उनले दर्शकबाट साथ र सहयोगको अपेक्षा पनि गरेका छन् । अनमोलले सो स्टाटसमा यी तीन चलचित्रका निर्माण पक्ष, अरु कलाकार, प्राविधिक, शुभचिन्तक र दर्शकप्रति आभार प्रकट समेत गरेका छन् ।