ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ असार
हास्य अभिनेता केदार प्रसाद घिमिरे पहिलो पटक चलचित्रमा मुख्य नायक भएका छन् । आगामी ६ भदौमा रिलिज हुने नेपाली चलचित्र माग्ने राजामा हास्य अभिनेता माग्ने बुढा मुख्य नायक बनेका छन् । उनी यस अघि चलचित्रमा हास्य अभिनेताको रुपमा प्रस्तुत हुँदै आएका थिए । यो चलचित्रमा केदार घिमिरेसँगै वर्षा सिवाकोटी, विल्सन बिक्रम राईलगायतको मुख्य भूमिका रहेको छ ।
मुनाल घिमिरे निर्मिता एवम् ऋषी लामिछाने निर्देशित यो चलचित्रको शुक्रबार काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको डबीमा पोष्टर रिलिज गर्ने भन्दै पोष्टर छोपिएको पर्दा झारियो । त्यहाँ त पोष्टर जस्तो बनेर सो चलचित्रका अभिनेता केदार प्रसाद घिरमे (माग्ने बुढा)को कुर्सीमा बसेका रहेछन् । यो दृष्य एकदिन सबैका लागि रमाईलो बन्यो ।
सोही समारोहमा एककारले माग्ने राजामा माग्ने बुढाको पारिश्रमिकबारे जिज्ञाँसा राखे । निर्देशक लामिछानेले आलटाल गर्दै सो जवाफ दिन चाहेनन् । तर निर्माता मुनाल घिमिरेले निर्देशकको हातबाट माइक्रोफोन माग्दै यसो भने,‘कसले के भन्छ, कसो भन्छ, त्यो थाहा छैन । माग्ने केदार घिमिरेलाई ५१ लाख रुपैयाँ दिएको हो ।’ उनले अगाडि थपे,‘१० लाख रुपैयाँ उधारो दिएको हो । पुरा ६१ लाख रुपैयाँको प्रतिवद्धता गरेको छु, यो कुरा जानकारी गराउन चाहन्छु ।’