ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असार
गायक दिनेश भारतीले मेलिना राईसँग युगल स्वरमा नयाँ गीत ’नाम के हो नानी चन्द्र कुमारी…’को भिडियो सार्वजनिक गरेका छन् । यो गीतको भिडियो मोडल सुमन योगीको युट्युबबाट सार्वजनिक गरिएको छ ।
टीन्ज क्रु को प्रस्तुति रहेको गीतमा बसन्त सापकोटाको शब्द संगीत रहेको छ । गीतको मिक्सिंङ मास्टरिङ्ग जीवन बडुले गरेका हुन् ।
यो नृत्य प्रधान गीत बनेको छ । गीतको भिडियोमा मोडल द्वय बिना राउत र सुमन योगीको अभिनय रहेको छ ।
गीतको कोरियोग्राफर तथा निर्देशक सुरेश पाण्डेय हुन् । देब दोर्जेले छायांकन गरेको यो भिडियोलाई अनिल बिस्ट प्यूठानीले सम्पादन तथा कलर करेक्सन गरेका छन् । प्रिया नगरकोटीको मेकअप रहेको गीतमा देब राज र नवराजको डान्स गुरुप रहेको छ ।