ब्युटी न्युज नेपाल
काठमाडौंँ, २ असार
एआरके र सदीक्षा थापा अभिनित हिन्दी भाषाको गीत ‘आँखों का ग्लिटर’ सार्वजनिक भएको छ । योगु र मारियाको स्वर रहेको गीतमा चिरञ्जीवी पौडेलको शब्द र दिल जिंग शर्माको संगीत छ ।
भिडियोमा एआरके र सदीक्षाको निकै आकर्षक नृत्य देख्न सकिन्छ । नितिन चन्द र लिली बिली आईवियरले प्रस्तुत गरेको भिडियोको निर्देशन एआरके र सदीक्षाले गरेका हुन् ।
भिडियोमा अबय चौधरीको छायांकन, आनन्द राईको सम्पादन छ । भिडियो गाउँ हिल्याण्ड रिसोर्ट, रानीकोटमा छायांकन गरिएको हो ।