‘धोका दियौ तिमीले’मा केकी र रोशन


ब्युटी न्युज नेपाल
काठामाडौ, ३ असार

एक समय निकै चलेको गीत ‘धोका दियौ तिमीले’ नयाँ भर्सनमा द भ्वाईस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको स्वरमा सार्वजनिक भएको छ । लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीतलाई मंगलबार काठमाडौँमा कार्यक्रमका बिच गीतलाई सार्वजनिक गरिएको छ । लुङ्टो क्रियशन युट्युव च्यानलबाट अफिसियल गीतपनि सार्वजनिक भैसकेको छ ।

३५ वर्ष अगाडी सार्वजनिक भएको ‘धोका दियौ तिमीले’ गीतलाई संगीतकार शान्तिराम राईले संगीत गरेका थिए । बुद्धवीर लामाले लेखेको यो ३५ वर्ष पुरानो पुरुष स्वरको गीत सरोज कुमार श्रेष्ठको स्वरमा थियो । यो गीत गायिका सुक्मित गुरुङको स्वर पनि आएको थियो ।

यही गीत अहिले रोशन राईको स्वरमा आएको छ । नयाँ भर्सनको यो गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन्, भने किशोर थापाले मिक्सिङ मास्टरिङ गरेका छन् । दिवंगत स्रस्टा विक्रम राई प्रती समर्पित गीतको नयाँ भर्सनको संगीत विक्रमले नै गरेका हुन् । गीतमा गायिका मेलिना राईको स्वर छ ।

सार्वजनिक गीतको बारेमा बोल्दै प्राज्ञ शान्तिरामले आफ्नो ३५ वर्ष अगाडीको संर्घष सम्झिए । शान्तिरामले भने ‘काठमाडौको बासाई, संर्घष अनी अभावमा जन्मिएको थियो धोका दियौ तिमीले ।’ यो गीत बाउ, छोरा र नाति पुस्ताहरुका लागी लोकप्रिय भएको पनि शान्तिरामले बताए ।

गायक रोशनले कार्यक्रमलाई सम्बोधन गर्दै, प्राज्ञ संगीतकार शान्तिरामलाई ढोग्दै सदावहार लोकप्रिय गीत गाउन दिएकोमा धन्यवाद प्रकट गरे । द भ्वाईस अफ नेपालका संचालक चर्चित होस्ट सुशिल नेपालले कार्यक्रम सञ्चालन गरेका थिए । सुशिलले पनि रोशनको स्वरसंगै अभिनयको पनि तारिफ गरेका थिए ।
चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको विछोड र धोकाको कथा देखाइएको छ । गीतको भाव अनुसार बनेको म्युजिभिडियोमा चर्चित अभिनेत्री केकी अधिकारी र गायक स्वयम रोशनको अभिनय देख्न सकिन्छ । निर्देशक राजेशले केकी र रोशनलाई दमदार अभिनय गराएका छन् ।

भ्वाईस अफ नेपाल सिजन ६ बाट चर्चामा आएका रोशन गीत संगीतमा बच्चैदेखी लागेका थिए । रोशनले ०६० सालमा पहिलो गीत रेकर्ड गरेका थिए । अहिले सम्म १ हजार बढी गीतहरु गाइसकेका रोशनको ४ एल्बमहरु दर्शक, श्रोताहरुमाझ ल्याईसकेका छन् । भर्सटाइल रोशन गायनसंगै शब्द तथा संगीतपनि सृजना गर्छन् । उनको १०० भन्दा बढी संगीतहरु पनि दर्शक, श्रोतामाझ ल्याईसकेका छन् । म्युजिक भिडियोमा पहिलो पटक अभिनयमा गरेका रोशनको गीत रिलिजपछि अभिनयकोपनि प्रसंसा भइरहेको छ । रोशनको ‘मेरो प्यारो खोटाङ’, ‘तिमी सित माया गर्दा’ , ‘जिवनमा एउटै’ लगायत गीतहरु दर्शकमाझ लोकप्रिय रहेको छ ।

https://www.youtube.com/watch?v=gIW_LIObXbw