ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ जेठ
चर्चित गायक घमेश दुलाल र रचना रिमालको स्वरमा रोमान्टिक शैलिको नयाँ लोकदोहरी गीत ‘मौरी रसैमा…’को भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियोलाई श्याम प्रसाद तिमल्सिनाको अफिसियल युट्युव च्यानलबाट सार्वजिक गरिएको हो ।
यो गीतमा अशोक कुमार सापकोटाको शब्द, श्यामप्रसाद तिमल्सिनाको संगीत रहेको छ । गीतको संगीत संयोजन नारायण दंगालले गरेका हुन् । मनोज परियारको मिस्किङ र माष्टरिङ रहेको गीतको रेकर्डिष्ट दिल बहादुर सार्की हुन् ।
श्याम प्रसाद तिमल्सिनाव्दारा निर्मित भिडियोमा गीता ढुंगाना, अविशेक खड्का आदिको अभिनय रहेको छ । यसको सम्पादन, कलरिङ राजेन्द्र पुरीले, कोरियोग्राफी माधव श्रेष्ठले, छायांकन मुकेश हुमागाईंले, र निर्देशन अशोक कुमार सापकोटाले गरेका हुन् ।