ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ जेठ
सांस्कृतिक समाज नेपालद्धारा काठमाडौँको आयोजना गरिएको ‘राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२’ मा मंगलबार प्रतियोगीबिच कडा प्रतिस्पर्धा भयो ।
सोमबार उद्घाटनपछि सुरु भएको दोहोरी गायन प्रतियोगितामा मंगलबार बेलुका १० बजेसम्म ६१ प्रतिस्पर्धीबिचमै दोहोरी चल्यो । यो प्रतियोगिताको मंगलबार अबेर रात निर्णायक टिमले उत्कृष्ट १६ महिला प्रतियोगी र उत्कृष्ट १६ पुरुष प्रतियोगीको सुची सार्वजनिक गरेको छ ।
प्रतियोगीतको उत्कृष्ट १६ मा महिला प्रतियोगीबाट लुमा केसी, निशा लामा, आशा केसी, सपना रोक, संगीता थापामगर, सबिना कुँवर, शितल कल्पना, विमा अनुरागी, भावना अर्याल, खुस्बु सुनार, जमुन विश्वकर्मा, अर्चना चापागाईँ, जमुना सुनार, शर्मिला गुरुङ (सरु), सरिता केसी र ललिता खड्का रहेका छन् ।
यसै गरी यस आईडल प्रतिस्पर्धामा पुरुष प्रतियोगीबाट उत्कृष्ट १६ मा चयन भएकाहरुमा अर्जुन खड्का, सविन आचार्य, दीलिप थापामगर, टेकराज भण्डारी, रत्न श्रेष्ठ, धिरज कोईराला, सुमन खड्का, सरोज सिंखडा, प्रितम पोखरेल, निशान्त विश्वकर्मा, अनिल चापागाईँ, दीलिप कुमार मानन्धर, वेद प्रसाद न्यौपाने, हरि रेउले, सुरज बुढाथोकी र शंखर क्षत्री रहेका छन् । यी १६ पुरुष र १६ महिलाले एक अर्कासँग बुधबार गायनमा प्रतिस्पर्र्धा गर्ने छन् । उत्कृष्ट १६ मा चयन भएका पुरुष तथा महिला कलाकारको नाम पनि कार्यक्रममा शर्माले नै घोषणा गरेका थिए ।
यसरी ६१ प्रतियोगीको प्रतिस्पर्धामा पहिलो चरणको गायनबाट २९ प्रतियोगी बाहिरिएका छन् । अब बुधबार दिनभर प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक एवम् बरिष्ट लोक गायक चन्द्र शर्माले ब्युटी न्युज नेपाललाई जानकारी गराए । यसरी फाईनल प्रतिस्पर्धाबाट यो प्रतियोगितामा उत्कृष्ट हुने विजेताले एउटा मोटरसाइकल र ३३ हजार ३ सय ३३ रुपैंया नगद प्राप्त जानकारी शर्माले गराए । यस्तै दोस्रो हुने एउटा स्कुटर सहित २२ हजार २ सय २२ रुपैंया पुरस्कार पाउने पनि उनले बताए । कार्यक्रम संयोजक चन्द्र शर्माका अनुसार े प्रतियोगितामा सातै प्रदेशका दोहोरी गायक गायिकाहरू सहभागी छन् ।
यो प्रतिस्पर्धामा १६ बाट क्वाटर फाईनलमा ८, सेमी फाईनलमा ४ हुँदै फाईनलको लागि दुई प्रतिस्पर्धीबिच गायनमा प्रतिस्पर्धा हुने यस आईडलका व्यबस्थापक अमृत खातीले जानकारी गराएका छन् । कार्यक्रम अत्यन्त उत्साहजनक र राम्रो भईरहेको पनि उनले बताए ।
प्रतियोगीका अध्यक्ष रामप्रसाद अवस्थीका अनुसार यस दोहोरी आइडलका उत्कृष्ट प्रतियोगीहरूलाई यसै वर्ष काठमाडौँमा आयोजना हुने ‘दोहोरी गीत प्रतियोगिता प्रिमियर लिग–२०८२’को पहिलो चरणको प्रतिस्पर्धामा सहभागी गराउने योजना आयोजकको रहेको छ ।