ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ जेठ
आशिष अविरल र गायिका एलिना चौहानको स्वरमा नयाँ गीत गीत पुतली… बजारमा आएको छ । यो गीतमा राजेन्द्र बजगाईको संगीत रहेको छ । भिडियो निर्माण संस्था एपी चलचित्र प्रोडक्सनको युट्युब च्यानलबाट यो गीतको भिडियोलाई रिलिज गरिएको हो ।
साहित्यकार तथा गीतकार भीष्मराज फुलाराले यो गीत रचना गरेका हुन् भने यसमा निसाद चन्द्रको संगीत संयोजन रहेको छ ।
यो गीतको भिडियो निकै रमाईलो बनेको छ । प्रेमको लागि युवाले युवतीको पछि लागेको कथा भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियो सुनिल विकको निर्देशनमा तयार भएको छ । भिडियोमा नृत्य कलाकार प्रदीप लामा र मोडल जुना सुन्दासको मायाप्रेमको कथा प्रस्तुत छ । यो भिडियोमा अनिषा क्षेत्री, तन्जुआ बुढामगर, सुमित राजबंशी, लाप्का लामाले पनि अभिनय गरेका छन् । अनिल के मानन्धरले खिचेको यो गीतको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन् ।