ब्युटी न्युज नेपाल
काठमाडौं, २७ जेठ
नारीहरुलाई लक्षित गरेर उनीहरुको विभिन्न फेन्सी सामग्री समेटेर डिल्लीबजार पिपलबोट घट्टेकुलो मार्गमा ‘सौम्या कलेक्सन’ खुलेको छ । गायिका मञ्जु थापाले ‘सौम्या कलेक्सन’को सोमबार एक विशेष कार्यक्रमबीच रिवन काटेर उद्घाटन गरिन् । यो कलेक्सन पत्रकारद्धय गीता अधिकारी र रिना श्रेष्ठले सञ्चालनमा ल्याएका हुन् । यो कलेक्सन सेन्टरमा महिलाहरूका लागि गुणस्तरीय फेन्सी सामान सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ ।
सञ्चारक्षेत्रमा ख्याति कमाएका व्यक्तिले सञ्चालनमा ल्याएको कलेक्सन सेन्टरको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउँदै गायिका थापाले व्यावसायिक सफलताको शुभकामना दिईन् । सो अवसरमा सञ्चार क्षेत्रका साथै गीतसंगीत र कला क्षेत्रका धेरै व्यक्तित्वको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पत्रकार गीता अधिकारीले आफ्नो मुख्य पेसा पत्रकारिता नै भए पनि सहयोगी पेसाको रुपमा रिनासँग् मिलेर यो कलेक्सन सञ्चालनमा ल्याएको बताईन् ।