टिजरमा आयो यो मन त मेरो नेपाली हो


ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ जेठ

नेपालीहरु जहाँ भए पनि नेपाल र नेपाली भाषा प्रति उनीहरुको अथाह प्रेम हुन्छ भन्ने सन्देशका साथ नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण गरिएको छ । आगामी २७ असारबाट रिलिज हुने यो चलचित्रको टिजर यति बेला सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक टिजर नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ ।

चलचित्र यो मन त मेरो नेपाली हो मा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन (मन्त्री),सुबास भन्डारी, बिजय सुब्बा, बिजिता परियार , देवराज राजबंशी, भानुभक्त सिटौलालगायतका कलाकारको अभिनय रहेको छ ।

‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर)ले निर्देशन गरेका हुन् ।

यो चलचित्रमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादक तथा सत्यम रानाको सिजिआई रहेको छ ।

चलचित्रमा दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ । सिनेमाको छायांकन झापा ,इलाम साथै भारतको सिकिम ,दार्जीलिङ,जयगाउ पश्चिम् बङ्गाल र अमेरिकामा गरिएको थियो।सिनेमामा भारत ,मलेसिया ,पोल्याण्ड ,अस्टिया ,बेल्जियम ,साउथ अफ्रीका र अमेरिकी कलाकारहरुको समेत अभिनय रहेको छ ।