ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ जेठ
गायक थुमन शर्माको कान्छी द लालुपाते…गीतको अफिसियल भिडियो गायककै युट्युब च्यानल थुमन शर्माबाट सार्वजनिक गरिएको छ । यो गीतमा शर्माकै स्वर, शब्द र संगीत रहेको छ । गीतको संगीत संयोजन र ध्वनी मिश्रण कुमार थापाले गरेका हुन ।
गीतमा कुमार थापा र राम परियारको सहयोगी स्वर छ । यसमा बासुंरी रत्न विक, सारंगी धर्म गन्धर्व, गितार म्यान्डोलिन बिकास घतानी, ब्याक्राउन्ड स्कोर बिलन थापाको रहेको छ ।
भिडियोलाई दिप गुरुङले निर्देशन गरेका छन भने कृस गुरुङ्र, लक्ष्मी गुरुङको अभिनय तथा नृत्यले भिडियोलाई थप उत्कृष्ट बनाएको गायक शर्माको भनाई छ । भिडियो छांयाकन विजय लामा, सम्पादन विष्णु तिमल्सिना,मेकअप हेमा गुरुङको रहेको छ ।
लामो समयदेखि सांगीतिक यात्रामा निरन्तर पाईला चालिरहेका गायक शर्माले यो गीत र भिडियोबाट निकै आशावादी रहेको बताए ।