ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ जेठ
विभिन्न विधामा अवार्ड र एक दर्जन स्रस्टालाई सम्मान गर्दै १२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ काठमाडौँमा सम्पन्न भएको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ५१ हजार रुपैयाँसहित गीतकार यादव खरेललाई दीर्घ साधना सम्मान प्रदान गरे ।
समारोहमा ‘म्यूजिक खबर रजत सम्मान’ बाट तिलकसिंह पेला सम्मानित भएका थिए । गायक खुमन अधिकारी र गायिका जुनु रिजाललाई ‘म्यूजिक खबर दशक संगीत सम्मान अर्पण गरियो भने गायिका मिना लामालाई ‘म्यूजिक युवा संगीत सम्मान अर्पण गरिएको थियो । यस्तै गायिका पुजा देबकोटालाई ‘म्यूजिक खबर बालप्रतिभा सगीत सम्मान’, न्युजिल्याण्ड निवासी गीतकार रमिल अधिकारीलाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरियो । गीतकार शेखर ढुंगेल र निर्देशक दिवाकर भट्टराईलाई म्यूजिक खबर स्रष्टा सम्मान, कोरियोग्राफर निर्देशक गम्भिर विष्टलाई म्यूजिक खबर कला सम्मान, सफला मैया राजभण्डारीलाई म्यूजिक खबर सामाजिक सेवा सम्मान र आश्विनीकान्त झालाई म्यूजिक खबर ब्यूटी प्याजेन्ट कोरियोग्राफर सम्मान, प्रदीप वन्तलाई फोटो पत्रकारिता सम्म्मान, पत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई जनही रु. ५ हजार ५५५ सहित म्यूजिक खबर संगीत कला सम्मान प्रदान गरियो ।
एलिना चौहानले तिमीबिना चल्दैन गीतबाट पपुलर गायिका अफ दि इयरको अवार्ड चुम्न सफल भइन् । समारोहमा सुगमसंगीतर्फ गायक गोविन्द मधुर आचार्य र गायिका बबिना भट्टराई सर्वोत्कृष्ट गायक गायिकाको अवार्ड पाए भने आधुनिक विधातर्फ नरहरि प्रेमीले संगीतकारको अवार्ड महेश आचार्यले तिमी सँगै छैनौ गीतबाट गीतकारको अवार्ड हाँसिल गरे । गायिका अन्जु पन्त र गायक नरेश रेग्मीले धर्ती र जूनको कहानी गीतबाट सर्वोत्कृष्ट युगल गायनको अवार्ड पाए भने एउट जून गीतबाट सुशील बिक्रम शाहले सर्वोत्कृष्ट ध्वनि सम्पादन आधुनिकको अवार्ड प्राप्त गरे । आदत गीतबाट विपिन आचार्यले संगीत संयोजकको अवार्ड पाए भने रुपेश थापाले तिमीबिना चल्दैन गीतबाट म्यूजिक भिडियो छायाँकार बन्न सफल भए । लामपाते सुरतीबाट रबिन बिकले म्यूजिक भिडियो सम्पादनको अवार्ड हाँसिल गरे भने अभिनेता विनोद श्रेष्ठ र उषा उषा सुवेदीले विदाई गीतबाट म्यूजिक भिडियो मोडलको अवार्ड हाँसिल गरे । शान थापाले छुनै हुन्न जस्तो गीतबाट म्यूजिक भिडियो निर्देशकको अवार्ड प्राप्त गरे । भाग्य लेख्ने भगवान गीतबाट गीतकार भुपेन्द्र बुढाथोकीले जुरी अवार्ड गीतकारको अवार्ड प्राप्त गरे । पागल गीतबाट केशव पौडेलले जुरी अवार्ड संगीतकारको अवार्ड प्राप्त गरे भने दिपेन्द्र आलेले ढल्केबरैमा गीतबाट सर्वोत्कृष्ट गायक डायस्पोराको अवार्ड चुम्न सफल भइन् । जति टाले पनि गीतबाट सुरज पण्डितले जुरी अवार्ड गायकको अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट कस्ट्युम डिजाइनर शम्भू पुरीले प्राप्त गरे ।
पपगायनतर्फ गायक प्रेज्वल नेपालीले कस्तो माया गीतबाट सर्वोत्कृष्ट पप गायक बने । गायिका सारिका घिमिरे कलियुगकी राधा गीतबाट सर्वोत्कृष्ट पप गायिका बन्न सफल भइन् । गीतकार रमेश कोइराला सर्वोत्कृष्ट पप गीतकार बने भने जुगल डंगोल सर्वोत्कृष्ट पप संगीतकार बन्न सफल भए । सुदिप भण्डारी (जिबब) सर्वोत्कृष्ट ¥यापर बन्न सफल भए ।
लोकदोहोरीतर्फ गायक सरोज लामिछानेले खोली तरेको गीतबाट सर्वोत्कृष्ट गायक लोकदोहोरीको अवार्ड चुम्न सफल भए । त्यस्तै गायिका सुनिता बुढा क्षेत्रीले उजेली गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड पाउँन सफल भइन् । कृष्ण केसीले ठूली गीतबाट सर्वोत्कृष्ट संगीत लोकदोहोरी, सन्तोष सापकोटा बस्यौ अलग्गै गीतबाट सर्वोत्कृष्ट गीतकार लोकदोहोरी, सामना शाह आँसुको वर्षात्बाट सर्वोत्कृष्ट महिला गीतकार, तेजेन्द्र दूरा तिम्रो जवानी गीतबाट सर्वोतकृष्ट संगीत संयोजक लोकदोहोरी, खड्ग बाजुराली ठूली गीतबाट सर्वोत्कृष्ट ध्वनि सम्पादन लोकदोहोरीको अवार्ड थाप्त सफल भए ।
त्यस्तै मौसम हिमालीले कश्मिरे पछ्यौरी गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरीको अवार्ड पाए भने बादल घिमिरेले कसम तोड्ने भा गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला पुरुष र अस्मिता पुरीले फूलमाया गीतबाट सर्वोत्कष्ट म्यूजिक भिडियो मोडल महिलातर्फको अवार्ड प्राप्त गरे । रेश्मा तामाङ जुध्यो नजर गीतबाट सर्वोत्कृष्ट कल्चरल गीत गायिका बनिन् । गायक शुक्र तामाङ र गायिका रेजिना परियारको ठट्यौली ठाडो भाका गीत सर्वोत्कृष्ट कल्चरल गीत बन्न सफल भयो ।
गायक रायन बस्याल घामको झुल्को गीतबाट सर्वोत्कृष्ट नवप्रतिभा गायकको अवार्ड चुमे भने उमेश भट्टले कतै म हराएँ कि गीतबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो नवनिर्देशकको अवार्ड हाता पार्न सफल भए । गायक रामचन्द्र चन्दको पापीनीलाई गीत सर्वोत्कृष्ट लोकगीत बन्न सफल भयो । सबिन आचार्य र निशा गुरुङ सर्वोत्कृष्ट प्रत्यक्ष गायक गायिका घोषित भए । ए गौरी गीतबाट गायिका संगम लामिछाने र लजाउँदै लजाउँदै गीतबाट सुशील ज्ञवालीले पब्लिक च्वाइस अवार्ड लोकदोहोरीतर्फको अवार्ड पाए ।
त्यसैगरी चलचित्रविधा तर्फ गीतकार प्रमोद ढुंगानाले चलचित्र उपहारको ‘हारेको छैन’ गीतबाट सर्वोत्कृष्ट चलचित्र गीतकार बन्न सफल भए । संगीतकार अर्जुन पोखरेल ज्वाइँसाप चलचित्रको ‘कसम बत्तिको’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बने । चलचित्र दिमाग खराबको झम्के झमाझम गीतबाट गायक सुमिन खड्का र गायिका नम्रता खरेल सर्वोत्कृष्ट चलचित्र गायक गायिका बन्न सफल भए । गायक सबिन सुवेदीलाई चलचत्रि छक्कापञ्जा ५ को विहे भाको छैन गीतबाट इकरेजमेन्ट अवार्ड गायकको अवार्ड प्रदान गरियो ।
निर्णायकमा लोकप्रिय मोडल तथा अभिनेत सागर लम्साल बले, म्यूजिक भिडियो निर्देशक तथा कोरियोग्राफर स्मृती तिमिल्सिना ‘गुरुआमा’, बरिष्ठ पत्रकार तुलसी गिरी ‘भावुक’, मोडल सबिना कार्की, लोकप्रिय गायिका देबी घर्ति र लोकप्रिय गायक राजु ढकाल रहेका थिए ।
कार्यक्रम गायिका मन्जु पौडेल र पत्रकार निराजन भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा शंकर बिसी र अस्मिता पुरीको समूह, शिव विक र रितु तामाङको समूहले नृत्य प्रस्तुत गरेका थिए भने जुनु रिजाल र टिका बमजनले गीत प्रस्तुत गरेका थिए ।
शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको १२औं म्यूजिक खबर म्यूजिक अवार्ड कार्यक्रमका प्रमुख अतिथि मन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिष्ठित गीतकार यादव खरेललगायतलाई सम्मान गरिसकेपछि हार्दिक बधाई दिँदै विशिष्टदेखि अनुजसम्मका स्रष्टा कलाकारलाई एकै ठाउँमा जम्मा गरेर सम्मानको वातावरण बनाउने म्यूजिक खबर टिमप्रति धन्यवाद दिएका थिए ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि एवं स्रष्टा कलाकारहरुलाई स्वागत गर्दै अवार्डका अध्यक्ष सुमन पण्डितले अवार्डलाई सम्मानित र मर्यादित बनाउँदै लैजान सम्पूर्ण कला क्षेत्र लाग्नुपर्ने बताए । अवार्डले कला क्षेत्रको सम्बद्र्धन, प्रबद्र्धनका निम्ति म्यूजिक खबरको निरन्तर यात्रा अगाडि बढिरहेको हुँदा अवार्ड र सम्मानले अझै उर्जा प्रदान गर्ने बताए ।