ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ जेठ
गत नयाँ वर्षको असपर पारेर प्रदर्शनमा आएको चलचित्र पिताम्बरको सफलतापछि निर्माण पक्षले ‘पिताम्बर २’को घोषणा समेत गरेको छ । यसैबीच चलचित्र ‘पिताम्बर’ले सफल प्रदर्शनीको ५१ दिन मनाएको छ । चलचित्र पिताम्बरमा प्रदीप खड्का सौगात मल्ल,आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई,सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल,कामेश्वर चौरासिया,टिका पहाडी,सुलभ पहाडी, सुरवीर पण्डित,विशाल पहाडी, दिव्यदेव पन्त,सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारको पनि अभिनय छ । यो फिल्मले रञ्जना सिनेप्लेक्स,विश्वज्योती,बिएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो । निर्माण पक्षले फिल्मको एकाउन्न दिन मनाउदै पिताम्बर २ निर्माणको घोषणा गरेको हो ।
निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच चलचित्रको ५१ दिनको उत्सव गरेको छ । सो कार्यक्रममा यस चलचित्रका कलाकार र प्राविधिकलाई सम्मान गरेको छ। पत्रकारहरुलाई समेत यो खुशीयालीमा सम्मानपनत्र दिदै सोही समारोहमार्फत दोस्रो श्रृंखला ल्याउने निर्माण पक्षले घोषणा गर्यो। निर्माण पक्षका अनुसार चलचित्र पिताम्बर २ मा पनि दयाहाङ, प्रदीप खड्का, सौगात मल्लदेखि विभिन्न स्टार कलाकार रहने निर्माण पक्षले जनाएको छ ।
५१ दिनको विशेष कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, छायांकार तथा सह–निर्माता पुरुषोत्तम प्रधान, कलाकार सौगात मल्ल, अनुपविक्रम शाही,प्रमोद अग्रहरिका साथमा सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो।
सोही क्रममा फिल्म निर्देशक चौलागाईंले सबैको साथ र सहयोगले आज पिताम्बले ५१ औँ दिन पार गर्न सम्भव भएको बताउँदै सबैलाई धन्यवाद दिइनु। यो सफलतामा निकै उत्साहित रहेकी कृषाले अबको फिल्ममा कमीकमजोरीलाई सच्याउदै आगामी दिनमा झन राम्रो फिल्म दर्शकलाई दिने बताईन्।