ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ जेठ
नागर्जुन नगरपालिका ६ डाँडापौवा, सितापाईलमा सोमबार १२ जेठबाट आयोजना हुँदै आएको कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ मा व्यापारसँगै हरेक दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरु जारी छ । राष्ट्रिय लोक सांस्कृतिक नेपाल प्रतिष्ठानले यो महोत्सव आयोजना गरेको हो । यो महोत्सव सोही ठाउँमा यही २५ जेठसम्म जारी रहने आयोजक संस्थाका अध्यक्ष एवम् महोत्सव संयोजक नमराज ढुंगानाले जानकारी गराएका छन् ।
यो महोत्सवमा हिजो बिहिबार गायक नारायण थापा, प्रज्ज्वल राज भट्ट, राजेन्द्र भण्डारी, गायिकाहरु सुजाता केसी र मिना रायमाझीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकले नचाए । यस्तै मोडल प्रतीक्षा काफ्लेले कार्यक्रममा नृत्य प्रस्तुत गरिन् ।
यस्तै यो महोत्सवमा आज शुक्रबार विभिन्न कलाकारहरुको प्रस्तुति रहने छ । आज कार्यक्रममा थायिका प्रिती आले र रमेशराज भट्टराईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने छन् । गायिका प्रिती आलेसँग उनको महिला समुहको पनि आज विशेष प्रस्तुति रहने छ ।
यस्तै आजै शुक्रबार नै गायक रमेश पाठक, नविन पौडेल, रामकुमार केसी, प्रवेश मोक्तानले पनि आफ्ना गीत संगीत प्रस्तुत गर्दैछन् । आजको कार्यक्रमलाई गायक सुवास महत र सनम सुवालले सञ्चालन गर्दैछन् ।
यो महोत्सवमा २५ जेठसम्म दैनिक नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहने महोत्सव संयोजक नमराजले ब्युटी न्युज नेपाललाई जानकारी गराए ।