दिपक, डेविड र वेनिसाको माया हो मायामा सरिता र प्रवण


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ जेठ

पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले काठमाडौँमा एक समारोहबिच नयाँ गीत माया हो माया सार्वजनिक गरेका हुन् । गीत सार्वजनिक समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री नेपाललाई गीतकार क्षत्रीको यो गीत निकै माधुर्य रहेको बताए । भिडियो पनि आफुलाई मनपरेको भन्दै उनले गीतको सफलतको शुभकामना व्यक्त गरे ।

बिगत लामो समयदेखि गीत लेखनमा सक्रिय सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो रचनामा यो नयाँ आधुनिक गीत माया हो माया…को भिडियोलाई बजारमा ल्याएका हुन् । यो गीतको भिडियोलाई आइतबार बेलुका ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो गीत गायक डेविड शंकर र गायिका बेनिशा पौडेलको युगल स्वरमा रहेको छ । यो रोमाञ्चक भावको गीत माधुर्य बनेको छ । गीतमा दीपक शर्माले संगीत सृजना गरेका हुन् । काठमाडौँको पुतलीसडक स्थित आर्टोम्युजि रेकर्डिङ स्टुडियामा रेकर्ड गरिएको यो गीतलाई जुगल डंगोलले संगीत संयोजन गरेका हुन् ।

यो गीतको भिडियोको निर्देशन डब्बु क्षत्रीले नै गरेका हुन् । भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका एवम् मोडल सरिता भारतीले अभिनय गरेका छन् । भिडियोमा यी दुइको अभिनय राम्रो छ । काठमाडौँबाट पाँच दिनको यात्रा गरेर गीतको भिडियो मुगुको रारा, कालिकोट र जुम्लामा छायांकन गरिएको हो । कर्णालीको सुन्दरतालाई प्रवर्धन गर्ने उद्देश्यले गीतको भिडियोलाई ती क्षेत्रमा छायांकन गरिएको गीतकार डब्बु क्षत्रीले बताए ।

भिडियोबारे उनले भने,‘यो माधुर्य गीत बनेका कारण गीत सुन्दै भिडियो हेर्दा दर्शकलाई आनन्द मिलोस भनेर हामीले कर्णालीका अत्यन्त सुन्दर स्थलमा पुगेर त्यहाँ छायांकन गरेका हौँ । गीत रिलिज भएपछि भिडियोमा समेटिएको सुन्दताले निकै प्रशंसा पाईरहेको छ ।’

जसमा दिब्यराज सुवेदीको छायांकन, दिलमाया मगर र सञ्जिता बरालको ड्रेस डिजाइन रहेको छ । यो गीतको भिडियोलाई सुवास बुढाथोकीले कोरियोग्राफी गरेका हुन् ।