बाबुजी भन्दै बलिउड स्टाईमा आराध्यलक्ष्मी र श्रीकृष्ण


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ जेठ

गायिका अनु चौधरीको स्वरमा नयाँ नृत्य प्रधान गीत गीत ‘बाबुजी…’को भिडियो ओएसआर डिजिटल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीतलाई उत्तम भण्डारीको शब्द एवं संगीत सृजना गरेका हुन् ।

यो गीतको भिडियो निकै राम्रो बनेको छ । बलिउड चलचित्रको गीतको शैलीमा भिडियोलाई निर्माण गरिएको छ । भिडियोमा श्रीकृष्ण निरौला र आराध्यलक्ष्मी खड्गीले अभिनय गरेका छन् । कोरियोग्राफर समेत रहेकी आराध्यलक्ष्मीको नृत्य यो भिडियोमा निकै राम्रो छ । श्रीकृष्ण र आराध्याको जोडी निकै सुहाएको पनि छ । आफ्नो गीतको भिडियोलाई हेरेर प्रतिक्रिया दिन आराध्यलक्ष्मीको अनुरोध छ ।

कयो गीतको भिडियोलाई उत्तम श्रेष्ठ (शिशिर)को निर्देशन गरेका हुन् । जसमा विशाल थापा र टिमको छायांकन रहेको छ । गीतको भिडियोलाई मीन रावलले सम्पादन गरेका हुन् ।

गीतको भिडियोमा विशाल कैनीको कोरियोग्राफी रहेको छ । उनले आकर्षक कोरियोग्राफी गरेका छन् ।

‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौँ, प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौ’, गायिका चौधरीले भनिन् । थुप्रै गीत श्रोता/दर्शकको रोजाइमा पर्न सफल भएकी गायिका चौधरीले आफ्ना अन्य गीत जस्तै यसले पनि सबैको साथ पाउनेमा आशावादी रहेको बताएकी छिन् ।