ब्युटी न्युज नेपाल
काठमाडौं १५ जेठ
लोकप्रिय गायक तथा संगीतकार पुष्कर सुनुवारले आफ्नो स्वरमा यती बेला नयाँ गीत ‘मन चोर्नेलाई…’ को भिडियो सार्वजनिक गरेका छन् । यो गीत रोमान्टिक सैलीको रहेको छ । गीतको भिडियो युट्युवबाट सार्वजनिक गरिएको छ । गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका हुन् ।
गीतमा शीतल कादिम्बिनीको शब्द र सुरेश अधिकारीको संगीत छ भने यसमा गायक सुनुवारकै संगीत संयोजन रहेको छ ।
मोहन सुनुवार ‘नबिन’ को छायांकन र सम्पादन रहेको भिडियो गायक सुनुवारको आफ्नै अफिसियल युटूव च्यानबाट सार्वजनिक गरिएको छ ।