नागर्जुन डाँडापौवामा कृषि सांस्कृतिक तथा व्यापार महोत्सव सुरु


राष्ट्रिय लोक सांस्कृतिक नेपाल प्रतिष्ठानले कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ आयोजना गरेको हो । यो महोत्सव सोही ठाउँमा यही २५ जेठसम्म जारी रहने आयोजक संस्थाका अध्यक्ष एवम् महोत्सव संयोजक नमराज ढुंगानाले जानकारी गराएका छन् ।

………………………………………………………………………………………………………………………………………

ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ जेठ

नागर्जुन नगरपालिका ६ डाँडापौवा, सितापाईलमा सोमबार १२ जेठबाट कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ सुरु भएको छ । राष्ट्रिय लोक सांस्कृतिक नेपाल प्रतिष्ठानले यो महोत्सव आयोजना गरेको हो । यो महोत्सव सोही ठाउँमा यही २५ जेठसम्म जारी रहने आयोजक संस्थाका अध्यक्ष एवम् महोत्सव संयोजक नमराज ढुंगानाले जानकारी गराएका छन् ।

नागर्जुन नगरपालिका ६ का वडा अध्यक्ष देवेन्द्र राज गिरीको सभापतित्वमा यो महोत्सवलाई सोमबार बागमति प्रदेशका प्रदेश सभा सदस्य केशव प्रसाद पोखरेलले उद्घाटन गरे । यस्तो महोत्सवले नेपाली कला संस्कृतिसँगै कृषी उत्पादनको प्रवर्धनमा मद्धत पुग्ने विश्वास उनले व्यक्त गरे ।

उद्घाटन समारोहमा सबैलाई स्वागत गर्दै आयोजक संस्थाका अध्यक्ष एवम् महोत्सव संयोजक नमराज ढुंगानाले महोत्सवको उदेश्यबारे प्रकाश पारेका थिए ।

नागर्जुन नगरपालिकाकी कार्यवाहक प्रमुख शुशिला अधिकारी, नेपाल सरकारको पूर्व सचिव चिरञ्जिवी खनाललगायतले पनि सो कार्यक्रममा महोत्सवको सफलताको शुभकामना व्यक्त गरे । समारोहमा सो नगरपालिकाका १० वटै वडाका वडाध्यक्ष तथा वडा नं. ६ का विभिन्न वडा सदस्यहरु अतिथि थिए ।

यो महोत्सवमा दैनिक जसो नेपालका चर्चित कलाकारहरुको प्रस्तुत रहने छ । यसै क्रममा उद्घाटनको दिन गायक सानु केसीलगायत विभिन्न कलाकारहरुले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

महोत्सवमा भोली १३ जेठ मंगलबार नमराज घोरासैनी, टिका सानु, सानु केसी, सुरेन्द्र गिरी, मनिषा घोरासाईनी, मधु केसीलगायतको प्रस्तुति रहने छ । कार्यक्रमलाई गायक रमेश श्रेष्ठ मेलोडीले सञ्चालन गर्दैछन् ।

यस्तै महोत्सवमा २५ जेठसम्म दैनिक नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहने महोत्सव संयोजक नमराजले ब्युटी न्युज नेपाललाई जानकारी गराए ।