जन्ते बाख्रोको ट्रेलरमा दुलही भित्राउने संघर्ष


ब्युटी न्युज नेपाल
काठमाडोँ, १२ जेठ

यही २३ जेठबाट रिलिज हुने नेपाली चलचित्र ‘जन्ते बाख्रो’ ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट ५२ सकेण्ड लामो ट्रेलरमा लभस्टोरी र कमेडीमा समिश्रण हेर्न सकिन्छ ।
सन्तोष गौतमको लगानी रहेको सिनेमा सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको छ । मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको छ । सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ । सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल छ ।

नेपाली समाजमा दुलही भित्र्याउने दिन खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सोही कथामा सिनेमा निर्माण भएको ट्रेलरबाट बुझ्न सकिन्छ । आगामी जेठ २३ गतेबाट यो सिनेमा नेपालसहित विदेशमा समेत एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।

जन्ते बाख्रोमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।