मिर्मिरेमा जोडिए दयाहाङ राई


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ जेठ

चलचित्र ‘कार्साङ’का निर्देशक यम शेर्पाले दोस्रो निर्देशनका रुपमा नयाँ चलचित्र ‘मिरमिरे’मा बनाउँदैछन् । यो चलचित्र दयाहाङ राई अनुबन्ध भएका छन् । उनी यसमा मुख्य भूमिकामा दयाहाङ अनुबन्ध भएका हुन् । नयाँ वर्षमा यसको थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा समेत यमले गरेका थिए ।

“हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ । यो हाम्रो दोस्रो सहकार्य हो,” निर्देशक शेर्पाले भने, “स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो । अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौँ ।”

‘मिरमिरे’को लाइनअप बलियो हुने उनको भनाइ छ । अन्य कलाकार को–को हुनेछन्, त्यो भने उनले खुलाएका छैनन् । यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका देखिएको थियो ।

चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंको रहनेछ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन् । यो चलचित्रको कार्यकारी निर्मातामा रोहित कट्टेल रहेका छन् । ‘मिरमिरे’लाई २०८२ मा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।